काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्री गर्ने भएको छ। 

कम्पनीले ६ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो। यो कम्पनीको दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। 

यसैबीच कमपनीले आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। 

\बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कालिञ्चोक हाइड्रोपावरकी  अध्यक्ष इन्दिरा पन्त र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। 

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो।