काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०७९–८०मा आकर्षक प्रगति गरेको छ। 

आज सार्वजनिक चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले ३३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको नाफा १ करोड ८४ लाख रुपैयाँ थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा २१३६.५६ प्रतिशतले बढी हो। 

समीक्षा अवधिसम्म कम्पनीको आम्दानी ७ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी ५ करोड ६७ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ३८ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिसम्म रिजर्भ ४ करोड ९९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। 

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५.९६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३.०९ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ रहेको छ।