काठमाण्डौ । आम्दानी घटेसँगै सोल्टी होटलको नाफामा संकुचन आएको छ।
सोल्टी होटल आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार होटलले १० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा होटलको नाफामा ८.६३ प्रतिशतको संकुचन आएको छ।
सोल्टी होटलको कुल आम्दानी पनि ३.८४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ३९ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ।
होटलको कुल खर्च पनि २.१६ प्रतिशतले घटेर २८ करोड १ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलको कुल खर्च २८ करोड ६३ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको होटलको रिटेन्ड अर्निङ र रिजर्भको आकार ३२.५७ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा ९९ करोड ८७ लाख रुपैयाँ थियो।
सोल्टी होटलको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.१६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.३३ रुपैयाँ थियो। पीई रेसियो ३३९.७४ गुणा रहेको होटलको प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19