काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटी होटलले घाटा व्यहोरेको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सिटी होटल ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
सिटी होटलको कुल आम्दानी भने ३२.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष होटलको कुल आम्दानी १० करोड ४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ।
होटलका कुल खर्च १४.५९ प्रतिशतले बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल खर्च ७ करोड ५२ लाख रुपैयाँ थियो।
चुक्तापुँजी १ अर्ब ६७ रुपैयाँ रहेको होटलको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँमात्रै रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १९ करोड ६४ लाख रुपैयाँ थियो।
सिटी होटलको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ५.४१ रुपैयाँले ऋणात्मक थियो। सिटी होटलको प्रतिसेयर नेटवर्थ १००.०१ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19