काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ६३.०७ प्रतिशतले बढोत्तरी भएको छ। 

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.५९ प्रतिशतले बढेर २० करोड ६१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। 

चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा सरप्लस २१ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ तथा सरप्लस ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १.३९ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ०.८५ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ रहेको छ।