काठमाण्डौ । छिमेकी मुलुक भारतले आन्तरिक बजारको माग अधिक भएको भन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा दुई दिनकै अवधिमा प्याजको भाउ दोब्बर भएको छ।
भारतले गत सोमबार अन्य देशहरुमा प्याज निर्यातमा रोक लगाएको हो। नेपाली बजारमा घरेलुभन्दा पनि भारतीय प्याजको खपत बढी हुने गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक मूल्यसूचीअनुसार गत सोमबारसम्म प्रतिकेजी भारतीय सुकेको प्याजको मूल्य औसत ६० रुपैयाँ रहेको थियो। भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टै मंगलबार थोकमूल्यमा २५ प्रतिशत बढेर प्याजको भाउ प्रतिकेजी औसत ७५ रुपैयाँ कायम भएको थियो।
आजको थोक मूल्यसूचीअनुसार भने प्याजको मूल्य झन्डै ६० प्रतिशतले बढेर प्रतिकेजी औसत ११९ रुपैयाँ पुगेको छ। यो हिसाबले नेपाली बजारमा प्याजको मूल्य दुई दिनमै दोब्बर भएको छ।
गत वर्ष पनि भारतले सेप्टेम्बरमै प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला नेपाली बजारमा प्याजको मूल्य बढेर खुद्रामा प्रतिकेजी २०० रुपैयाँभन्दा बढी पुगेको थियो ।
भारतले निर्यात ठप्प पार्दा र चीनबाट समेत तत्काल आयात गर्न नसकिने हुँदा स्टकमा रहेको प्याजको मूल्यसमेत गत वर्षझै २०० रुपैयाँ पुग्ने आशामा व्यापारीहरुले लुकाएका छन्। यसले आगामी केही दिनसम्म प्याजको घरेलु मूल्यमा तीव्र दवाब पर्ने देखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19