– रेखा चन्द
काठमाण्डौ । नेकपा एमालेका महसचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि राष्ट्र बैंकका गभर्नरमाथि ‘अट्याक’ भएको बताएका छन्।
आज राजधानीमा अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँग छलफलमा एमालेका महसचिव पोखरेलले यस्तो धारणा राखेका हुन्। ‘पार्टी र गभर्नर स्वयंले एम अधिकारी गभर्न महाप्रसाद अधिकारी नभएको स्पष्ट पारिसकेका छन्’, उनले भने, ‘तर, यहाँ खेल अर्कै छ, ब्ल्याक मनीलाई ह्वाइट बनाउन नपाएपछि गभर्नरमाथि अट्याक भयो।’
अहिले ब्ल्याक मनी हुन्डीमार्फत भित्रिरहेको पनि पोखरेलले बताए। ‘यसमा सरकारले ने पक्षपोषण गरिरहेको छ’, उनले भने।
पोखरेलले नेपालको अर्थतन्त्र संकटमा रहेको बताए। ‘बैंक र बजारमा पैसा छैन’, उनले भने।
देउवा सरकारको गलत नीतिले यस्तो अवस्था आएको पोखरेलको आरोप थियो। ‘एमालेको सरकार हुँदा मूल्यवृद्धि ३.९ प्रतिशत थियो तर अहिलेको सरकारको पालामा ८.५ प्रतिशत पुगेको छ’, उनले भने, ‘यसले जनताको ढाड सकिएको छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago