काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज भव्य रुपमा सकिएको छ । यस प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फप्रतिको माया देखिएको थियो। 

तीनमध्येको अन्तिम सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदीयमान गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो । 

मेजर निश्चय रायमाझीले २७५ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर काल्र्सबर्ग गल्फ सिरिज् २०१९को नेट  च्याम्पियन बन्ने सफलता पाएका छन् । उनले उपहार स्वरुप मलेसियामा हुने गल्फ टुर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गरेका छन् । यस्तै,  तासी छिरिङ्ग २१० अंकका साथ सिरिजको ग्रस च्याम्पीयन बन्न सफल भएका छन् ।

मेजर निश्चय रायमाझीले ३७ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने तासी छिरिङ्ग ३५ अंक प्राप्त गरी अन्तिम सिरिजको ग्रस विजेता बन्न सफलभएका छन् । राज प्रधान ३५ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता बने ।

३०अंक काउन्ट ब्याकका साथश्रीमतीप्रतिभा राई महिलातर्फका विजेताबन्न सफलभएकी छिन्भने ३० अंक काउन्ट ब्याकका साथश्रीमतीकरिस्मा साहउप विजेता बनेकि छिन् । यसै गरी ६०वर्ष रत्यसभन्दामाथिका सहभागीहरुकासिनियर विधामा३४अंकका साथश्री मदन राणाविजेताभए।

५ बर्डिज साथ विजय एस. इन हाउसले मष्ट बर्डिजको उपाधि जिते ।  वाङ्गछेन धोन्डोप र लि उई जिले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।

तीन चौथाई ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा होल्स थिए र ८५ गल्फर सहभागी भएका थिए । 

यो अवसरमा सुहृद घिमिरे, गोकर्ण गल्फ क्लबका अध्यक्षले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदीयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फसिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ । गल्फसँगको काल्र्सबर्गको आबद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै काल्र्सबर्ग सहयोगी प्रायोजकको रुपमा अगाडि आइरहेको छ ।”

रोजन अमात्य, गोर्खा बु्रअरीका बजार प्रबन्धकले भनेका छन्, “यस प्रतियोगिताप्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसोर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

गोकर्ण फरेष्ट रिसोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले सो अवसरमा भने, “काल्र्सबर्ग गल्फसिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्नेछ ।”