काठमाण्डौ । काल्र्सवर्ग फाउण्डेसनले योङ्ग ग्लोबल पायोनियर्स(वाइजीपी) छात्रवृतिको प्रायोजन गर्दैछ । 

विश्वभरिका युवावर्गलाई लर्निङ्ग जर्नीको आयोजना गर्नका लागि प्रायोजन गरिएको यस छात्रवृतिमा एक इञ्जिनीयरीङ्ग विद्यार्थी सारस अधिकारी(२३ वर्षिय) नेपालबाट छानिएका छन् ।

नेपाली हस्तकलालाई प्रवद्र्धन गर्ने सारसको प्रभावकारी व्यवसायको सोचका लागि सारसलाई गोर्खा बु्रअरीले अभिनन्दन गरेको छ । विश्वभरिका हजारौं सहभागीहरुमध्ये सारस पनि छनौटमा परेका हुन् ।

'वाइजीपी २०१९ लर्निङ्ग जर्नी', युवाको विश्वव्यापी कार्यक्रम हो, जसको थालनी काल्र्सवर्ग फाउण्डेसनद्वारा गरिएको हो । जसले १६ देशहरुबाट २२ युवाहरुलाई एक साथ राखेर उनीहरुको विचारहरु एकआपसमा बाँड्न प्रेरित गर्दछ । 

यस फाउण्डेसनले नेपालबाट सारस अधिकारीलाई छानेको छ, जसले अन्य सहभागीहरुका साथ ३ हप्ताको यात्राको लागि तान्जानीयामा स्थानीय सहभागीहरुसँग भेट्न, विश्वविद्यालय एवं बिजनेस हाउस भ्रमण गर्न र युवा ईलिट उद्यमीहरुसँग भेटेर उनीहरुको अनुभव र अन्तदृष्टि बुझ्ने मौका प्राप्त गर्नेछन् ।

‘समग्रमा भन्नु पर्दा वाइजीपी लर्निङ्ग प्रोग्रामले उत्कृष्ट प्रतिभाहरुका लागि विश्वभरि नेटवर्क बनाउँछ।’गोर्खा ब्रुअरीका बजार निर्देशक वैभव शर्माले भने ।


के हो काल्र्सवर्गका योङ्ग ग्लोबल पायोनियर्स(वाइजीपी) ?
योङ्ग ग्लोबल पायोनियर्सका एउटा गैर–मुनाफा संस्था हो, जसलाई काल्र्सवर्ग फाउण्डेसनले विविध ग्लोबल ट्यालेन्ट नेटवर्क निर्माण गर्नका लागि प्रायोजन गर्दछ । यसको मुख्य उद्देश्य भनेको भविष्यका जिम्मेवार लिडरहरुलाई विश्वव्यापी अन्तदृष्टि, अन्तरसांस्कृतिक दक्षता र आकांक्षाहरुका साथ उनीहरुको छुट्टै पहिचान बनाउन उनीहरुलाई तयार पार्नु हो । उनीहरुलाई यो सबै चिजको अनुभवप्रदान गरेर वाइजीपी युवा प्रतिभाहरुलाई एउटा जिम्मेवार एवं विश्वव्यापी सोच राख्ने लिडर बन्न प्रेरित गर्दछ । ‘वाइजीपी मा हामी विश्वव्यापी अन्तदृष्टि, अन्तरसांस्कृतिक दक्षताको माग बढिरहेको देख्दछौं, यो दुवै चिजहरु विश्वव्यापी अर्थव्यवस्थामा सफल हुनेका लागि अत्यावश्यक विषय हो । यो कुरालाई हामीले उत्साहजनक प्रोजेक्टका उत्साहजनक व्यक्ति, स्थानीय विश्वविद्यालय र नवीनतम संस्थासँगको प्रत्यक्ष भेटद्वारा प्रदान गरिरहेका छौं।’ वाइजीपी युवा सीइओ र संस्थापक डा. बिरगिट हेमन स्नेबले भने ।

के-के हुन्छ २०१९लर्निङ्ग जर्नीमा ?

नेटवर्क समूहहरु स्थानीय सहभागीहरुसँग भेट्नेछन्, विश्वविद्यालय एवं बिजनेस हाउस भ्रमणमा सहभागी हुनेछन्, युवा ईलिट उद्यमीहरुसँग भेट्नुका साथै त्यहाँको प्रवृति र संस्कृतिको प्रत्यक्ष अनुभव गर्दै सामाजिक र वातावरणीय एनजीओ प्रोजेक्टहरुको अन्तदृष्टि प्राप्त गर्नेछन् ।

वाइजीपी लर्निङ्ग जर्नीलाई INSEAD बिजनेश स्कूलका प्रो सुब्रमनियन रंगनले तयार पारेका हुन् र लर्निङ्ग जर्नी विश्वभरिका वल्र्ड इकोनोमिक फोरम ,MS-TCDC, SOS Children’s Village  र अन्य आवद्ध संस्थाका कम्पनीहरु, विश्वविद्यालय, ग्लोबल सेपर्सको साझेदारीमा डिजाइन गरिएको हो ।

यो ३ हप्ते अध्ययन यात्रा ताञ्जानिया र जानजिबारमा जुलाई २८ देखि अगष्ट १७,२०१९ मा हुनेछ । यसमा १९ देखि २५ वर्षका २२ सहभागीहरु १६ देशहरु(Brazil, China, Canada, Denmark, Germany, Kazakhstan, Kenya, Nepal, Puerto Rico, Russia, Switzerland, Tanzania, Turkey, Ukraine, USA /Vietnam)बाट समावेश हुनेछन् ।

यस यात्रापश्चात्, सहभागीहरुले आफ्नो सिकाइ र विश्वव्यापी अन्तदृष्टिको विकास अनलाइन सेमिनारहरुको माध्यमलाई निरन्तर रुपमा एक आपसमा बाँड्न सक्नेछन् ।

‘विदेशमा यो मेरो पहिलो भ्रमण हो र काल्र्सवर्ग गु्रपद्वारा प्रदान गरिएको यो अनुभव लिन म ज्यादै उत्साहित छु । त्यहाँ सिकिएका कुराहरु बाट म आफ्नोे प्रोजेक्टको योजना बनाउने छु, जुन देशका विभिन्न भागहरुमा प्राकृतिक रुपमा उत्पादन गरिएका कृषि उत्पादनहरुबाट तयार गरिएको हस्तकलामा केन्द्रित छ ।’-नेपालबाट छनौट भएका सारस अधिकारीले भने ।