काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्ला दिनहरुमा निरन्तर भेटघाट गरेका उनका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई कोरोना संक्रमण भएको छ । 

भट्टराईको स्वाब परीक्षणका लागि हिजो निकालिएको थियो । त्यसको रिपोर्ट आज(शनिवार) आएको हो । आफ्नो स्वाबको रिपोर्ट पोजिटिभ आएको भट्टराई स्वयम्ले ट्वीट गरी जानकारी दिएका छन् । 

ओलीको किचन क्याबिनेटका खास मानिने डा. भट्टराईलाई नै कोरोना संक्रमण भएपछि केपी ओली केही दिनकै अन्तरालामा दोश्रोपटक कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । प्रमका सचिवालयका अन्य सदस्यको स्वाब परीक्षण हुने बताइएको छ । 

यसअघि प्रमका निजी चिकित्सक डा. दिव्या शाहमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । 

करिब ६ महिनाअघि डा. भट्टराईलाई मुटुको गम्भीर समस्या देखिएको थियो । सो बेला डा. भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको थियो ।