काठमाण्डौ । सेयर कारोबारमा अनिवार्य डिम्याट सेयर (अभौतिकीकरण) को व्यवस्था भएपछि हालसम्म ५८ लाख ९३ हजार ४३६ डिम्याट खाता खुलेका छन्। तर, ‘मेरो सेयर’ खाता जम्मा ४९ लाख ५१ हजार २५४ वटामात्रै खुलेका छन्। 

धेरैजसो डिम्याट खाता खोल्नेले मेरो सेयरको खाता पनि खोलेका हुन्छन्। तर, मेरो सेयर खाता करिब १० लाखले किन थोरै भए ? 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुुसार सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य रहेको छ तर ‘मेरो सेयर’ अनिवार्य छैन। ‘अझै पनि सेयर बेचेर डीआईएस चेकमार्फत नै पनि सेटलमेन्ट गर्न सकिन्छ’, उनले भने, ‘अर्को कुरा मेरो सेयर प्रयोगकर्ताको संख्या कम हुनु भनेको सबै लगानीकर्ता प्रविधिमैत्री नहुनु भन्ने नै हो। अझै पनि फाराममार्फत नै आईपीओमा आवेदन दिने लगानीकर्ता पनि बजारमा छन् भन्ने हो।’

न्यौपानेका अनुसार सबै लगानीकर्ताले मेरो सेयर प्रयोग नगर्दा डिम्याट भन्दा मेरो सेयर प्रयोगकर्ताको संख्या कम भएको बताए।