काठामाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा डिप्रोक्स लघुवित्त विकास बैंकको प्रतिशेयर आम्दानीमा उच्च गिरावट आउको छ । शुक्रबार प्रकाशित कम्पनीको वित्तीय विवरणले कम्पनीको प्रतिशेयर आम्दानीमा ५७ दशमलव ८७ प्रतिशतले गिरावट आएको देखिएको हो । गत वर्ष ७९ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष ३३ दशमलव ६७ रुपैयाँमा कायम भएको वित्तीय विवरणमा उल्लेख छ । 


चुक्ता पूँजी वृद्धि, खुद नाफामा आएको कमीका कारण कम्पनीको प्रतिशेयर आम्दानीमा समेत भारी गिरावट आएको हो । 


गत वर्षका तुलनामा कम्पनीले यस वर्ष १ सय १ दशमलव ९३ प्रतिशत पूजीवृद्धि गरको छ । गत वर्ष ३४ करोड ८१ लाख मात्र चुक्ता पूँजी भएको कम्पनीको चुक्ता पूजी यस वर्ष ७० करोड ३१ लाख पुगेको छ ।


गत वर्षका तुलनामा यस वर्ष कम्पनीको नाफामा कमी आएकाले समेत कम्पनीको प्रतिशेयर आम्दानी खस्केको हो । तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको नाफा १७ करोड ७५ लाख  रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको भन्दा करीव १४ दशमलव ८८ प्रतिशत कम होे । गत वर्ष संस्थाले २० करोड ८५ लाख नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानीमामा वृद्धि भए पनि संचालन मुनाफामा कमी आउँदा समग्र नाफा खुम्चिन पुगेको हो । गत वर्ष ६३ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष ८१ करोड २९ लाख ब्याज आम्दानी गर्न सफल भएको हो । यो गत वर्षको भन्दा करीव २७ दशमवलव ५१ प्रतिशतले बढी हो ।


कम्पनीको खुद सञ्चालन मुनाफामा भने गिरावट देखिएको छ । गत वर्ष २८ करोड १८ लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष २३ करोड १ लाख मात्र सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको हो । यो गत वषएको भन्दा १८ दशमलव ३६ प्रतिशतले कम हो ।


गत वर्ष शून्य दशमलव ७ प्रतिशत रहेको खराब कर्जा अशुलीमामा समेत संस्थाको केही कमजोरी देखिएको छ । सो सूचक यस वर्ष केही वृद्धि भई शून्य दशमलव ७९ प्रतिशतमा पुगेको छ ।