– अर्जुन तिमिल्सिना
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा दोहोरो आवेदन परेकै कारण झन्डै १ लाख आवेदन रद्द भयो। यही कारणले साहस उर्जा कम्पनीको आईपीओमा पनि ७ हजारभन्दा बढीको आवेदन रद्द गरिएको थियो।
यसरी ठूलो संख्यामा दोहोरो आवेदन पर्नु र धितोपत्र बिक्री प्रबन्धक (क्यापिटल) हरुले रद्द गरेको डाटा बढ्न थालेपछि सेयर बजारमा हल्लीखल्ली हुन थलेको छ। अहिले पनि धेरै लगानीकर्ताको दुईवटा डिम्याट खाता छन्। तिनैमध्ये कतिपयले दोहोरो आवेदन दिँदा समस्या बढ्दै गएको क्यापिटलहरु बताउँछन्।
ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल यसरी दोहोर आवेदन दिँदा स्वयं आवेदकलाई घाटा हुने बताउँछन्। ‘कतिपय बैंकहरुले प्रतिआवेदक चार्ज काट्ने गर्छन्, यसले दोहोरो आवेदन दिनेहरुलाई घाटा हुन्छ’, उनले भने, ‘अर्कोतर्फ सी–आस्बा निःशुल्क भएका बैंकहरुले स्वयं ग्राहकको आवेदन शुल्क तिरिदिने भएकोले दोहोरो आवेदनको समस्याले बैंकहरुको पनि खर्च बढेको छ। यस विषयमा स्वयं लगानीकर्ता नै सचेत हुनुपर्छ।’
सीडीएससीको प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सेन्ट्रल केवाईसीको व्यवस्था लागू भएपछि यो समस्या हल गर्न सकिनेछ। ‘सेन्ट्रल केवाईसी लागू भएपछि एक व्यक्ति एक परिचयपत्र नम्बर हुनेछ’, उनले भने, ‘सेन्ट्रल केवाईसीका आधारमा दोहोर आवेदन अहिलेभन्दा सहज तरिकाले पत्ता लाग्न सक्छ र यो समस्या समाधानमा सहयोग पुग्नेछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago