काठमाण्डौ। कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप झलिरहेका अमेरिकामा केही यस्ता तथ्य बाहिर आएका जसले युवावर्गमा गम्भीर चिन्ता उत्पन्न गरेको छ।
कोरोनाले अन्य देशमा विशेष गरी वृद्धवृद्धालाई आफ्नो सिकार बनाइरहेका बेला अमेरिकामा भने यसले युुवा वर्ग धेरै प्रभावित पारेको छ। अमेरिकामा कोरोनाले युुवावर्गलाई धेरै संक्रमित बनाएपछि यसको कारण खोज्न सुुरु गरिएको छ।
अमेरिकी डिजिज कन्ट्रोल प्रिभेन्सन सेन्टरले मार्चमा सार्वजनिक गरेको रिपोर्टमा करिब ४० प्रतिशत संक्रमितको आयुु ५५ वर्षभन्दा कम रहेको पाइएको छ। यीमध्ये आधा संक्रमितको उमेर २० देखि ४४ वर्षको बीचमा रहेको छ।
अमेरिकामा १९ देखि ५५ वर्ष उमेरका ४७ प्रतिशत जनसंख्या रहेको छ।
डेमोक्रेटिक पार्टीकी सांसद अलेक्जेन्ड्रिया ओकेसियो कार्टेजका अनुुसार न्युुयोर्कमा ५५ प्रतिशत संक्रमित १८ देखि ४९ वर्ष उमेरका रहेका छन्। न्युुयोर्क सहरमा कोरोनाले अत्यधिक प्रभावित पारेको छ। त्यहाँ युुवाहरुको जनसंख्या पनि धेरै रहेको छ।
कोरोना फैलनुुभन्दा अघि युुवाहरुको रेस्टुराँ, क्याफे, क्लब र अन्य सार्वजनिक स्थानमा अत्यधिक भीड हुुने गरेको थियो। जसले गर्दा युुवा वर्गमा कोरोनाको प्रभाव धेरै देखिएको हुुन सक्ने अनुुमान विशेषज्ञहरुले लगाएका छन्।
चीनमा गरिएको एक अध्ययनले प्रेसर, मधुमेह, मुुटुुको रोग र मोटोपन भएका मानिसलाई कोरोनाले बढी प्रभावित पार्ने तथ्य सार्वजनिक गरेको थियो। अमेरिकामा यी सबै तत्वहरु बढी नै मात्रामा रहेका छन्।
इटलीमा लगभग २० प्रतिशत मानिसहरु मोटोपनको सिकार भएका छन् भने अमेरिकामा ३६ प्रतिशत मानिस मोटोपनको सिकार भएका छन्। १० प्रतिशतभन्दा बढी अमेरिकी जनता मधुुमेहका बिरामी छन्। यी बिरामीमा सबै वृद्धवृद्धामात्रै छैनन् युुवा वर्ग पनि छन्। जसले गर्दा कोरोनाले अमेरिकी युुवाहरुलाई प्रभावित पारिहेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago