काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साह भक्तपुर पुगेका छन्। उनी भक्तपुर नगरपालिका–२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन्।

बालेन भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन्। यही कारण उनी भक्तपुर पुगेको हुनसक्ने अनुमान गरिएको छ। 

आफू काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने बालेनले बताउँदै आएका छन्। बालेन भक्तपुर पुगेपछि उनीसँंग सेल्फी खिच्नेहरुको भीड लागेको थियो। 

यस क्रममा बालेनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका कान्छो भाइ एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका–५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्र बिजुक्छेका साथै भक्तपुर नगरपालिका–५ मा नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष प्रेमगोपाल कर्माचायसँंग भेटघाट पनि गरेका छन्।