काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकांश सूचक निराशाजनक देखिएका छन् । माइक्रोले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार समग्र नाफा , सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी जस्ता महत्वपूर्ण सूचकमा गत वर्षको भन्दा पनि कम प्रगति भएको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको खुद नाफा ४८ प्रतिशतभन्दा बढीले कम भएको छ । गत वर्ष १ करोड २९ लाख खुद नाफा आर्जन गरेको बैंकले यस वर्ष ६ करोड ३३ लाख मात्र खुद नाफा आर्जन गर्न सकेको हो । 

माइक्रोको संचालन मुनाफा र खुद ब्याज आम्दानीमा कमी आएकाले यस वर्षको खुद नाफा समेत प्रभावित भएको हो । गत वर्ष ४ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेको माइक्रोले यस वर्ष ३ करोड ६४ लाख मात्र ब्याज आम्दानी गरेको छ । 

यसैगरी गतवर्ष २ करोड २ लाख खुद ब्याज आम्दानी गरेको माइक्रको सञ्चालन मुनाफामा भारी गिरावट आएको छ । यस वर्ष माइक्रोले ७८ लाख १२ हजार मात्र सञ्चालन मुनाफा यो गत वर्षको भन्दा ६१ प्रतिशत भन्दा बढीले कम हो । 

समीक्षा अवधिसम्म संस्थाले ९७ करोड २ लाख कर्जा परिचालन गरेका छ भने २३ करोड ३६ लाख निक्षेप संकलन गरेको छ । 
माइक्रोमा २ दशमलव ४८ प्रतिशत खराब कर्जा रहेको छ भने प्रतिशयेर आम्दानी १५ दशमलव ८३ रुपैयाँ कायम भएको छ ।

माइक्राेकाे मूल्य आम्दानी अुनपात १ सय १४ दशमलव ९७  रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २ सय २ दशमलव १७ रुपैयाँ छ ।
माइक्रोको चुक्ता पूँजी ४ करोड छ भने सो भन्दा ८ लाख ६६ हजार बढी रकम जगेडा कोषमा रहेको छ ।