काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । 

कम्पनीको पुस २६ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो । 

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट लाभांस वितरण नगरी सञ्चित मुनाफा मै राख्ने र सोहि बमोजिमको वित्तीय विवरणसहित साधारण सभा गर्ने जनाएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि ७ प्रतिशतले हुन आउने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश दिएको थियो ।