काठमाण्डौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि २५.१४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाले चुक्ता पुँजीको २४ प्रतिशतले हुन आउने २ करोड ६ लाख ४२ हजार २८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशतले हुन आउने ९ लाख ८२ हजार ९६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ ।