काठमाण्डौ । काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सुरु गरिएको छ।
एक्सटेन्सन काउन्टरको कार्यक्रमका प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उद्घाटन गरे। महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीयको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराई जीवनस्तर उकास्नमा मद्दत पुगने विश्वास व्यक्त गरे।
बैंकको उच्च प्रगतिको कामना गर्दै महर्जनले नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टरको स्थापना गरी राजश्व संकलन कार्य तथा बैंकिङ सेवाजस्तो महत्वपूर्ण कार्यको थालनी गरेको र परिसरमा बगैंचाको निर्माणकार्य गरेकोमा कृषि विकास बैंक परिवारलाई धन्यवाद दिए।
नगरपालिका परिसरमा राखिएको एटिएम मेसिनको शुभारम्भ र ढुंगेधारासहितको बगैंचा उद्घाटनसमेत मेयर महर्जन र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले उपलब्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु सञ्चालन गर्नेसमेत बताए।
कृषि विकास बैंकले प्रदान गर्ने सेवासुविधा तथा बैंकको प्रडक्टका बारेमा जानकारी गराउँदै नगरपालिकासँगको सहकार्यलाई आगामी दिनमा अझ मजबुद बनाउंदै लैजानुका साथैै स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता वृद्धि गर्दै लग्ने उपाध्यायले बताए।
त्यसैगरी नगरपालिकाकी उपमेयर सरस्वती रिजालले नगरपालिका परिसरभित्र बैंकले राखिदिएको एक्सटेन्सन काउन्टरले राजश्व संकलन तथा बैंकिङ कारोबार महत्वपूर्ण सेवा उपलव्ध गराउने, नगरपालिका परिसरभित्र बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरी बगैँचा÷उद्यान निर्माणमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिइन्।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक बागमती प्रदेश प्रमुख सुन्दर खतिवडा, विभागीय प्रमुख गिरिधारी पौडेल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख धु्रव पौडेल, कृषि विकास बैंक कीर्तिपुर शाखाका कर्मचारीहरु उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन कृषि विकास बैंक शाखा प्रमुख विनोद कोइरालाले गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago