काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुथेली बुखरी स्मल हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।
सेबोनले यो कम्पनीलाई २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति दिएको छ। जुन कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबर हुन आउँछन्।
कम्पनीले अब १०० अंकित दरका कुल २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ बिक्री खुलाउनेछ। कम्पनीले स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ।
आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ पुग्नेछ। कम्पनीको संस्थापक समूहको ८० प्रतिशत अर्थात ९ करोड ७५ लाख रुपैयाँबराबरको सेयर स्वामित्व रहेको छ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago