काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज (साउन ७ गते) बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान ९ बजे एनएमबि क्यापिटलको कार्यालयमा राखिएको थियो। 

कम्पनीले गत असार २६ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो। बाँकी रहेको सेयरमध्ये २ प्रतिशतले हुन आउने २ हजार ४३७ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा कुल १० लाख ४८ हजार ४६८ आवेदकबाट १ करोड ११ लाख ३५ हजार ४३० कित्ता सेयर माग भएको थियो। तीमध्ये १० लाख ४७ हजार ३०५ आवेदकबाट परेको १ करोड ११ लाख २२ हजार ३७० कित्ता सेयर सदर भएको छ भने बाँकी १ हजार १६३ आवेदकबाट परेको १३ हजार ६०९ कित्ता सेयर रद्द भएको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १० हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्। 

यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओ अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.npमा हेर्न सकिनेछ।