काठमाण्डौ। आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरुले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाउने भएका छन्। 

स्थानीय तहहरुले समानीकरण अनुदानअन्तर्गत १ खर्ब २३ करोड र सःसर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन्। 

यसैगरी समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ र विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ।

महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ।

आगामी वर्षका लागि काठमाण्डौ, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन्। वीरगन्ज, विराटनगर र ललितपुर महानगरपालिकाको बजेट भने घटेको छ।