काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अहिले केही क्षेत्रमा भइरहेको छ। मुस्ताङ १ को अन्तिम नतिजा पनि आइसकेको छ।
हाल मतगणना भइरहेको क्षेत्रमध्ये एमालेले ६ स्थानमा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा अगाडि देखिएको छ।
त्यस्तै कांग्रेसले पनि ३ स्थानमा अग्रता लिइरहेको छ। मनाङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्।
उता राप्रपाले २ स्थानमा र जनमत पार्टीले १ स्थानमा अग्रता लिइरहेको छ।
एमालेले काठमाण्डौ–९, झापा–२, ललितपुर–१, ललितपुर–२, ललितपुर–३ र धनुषा–३ मा अग्रता लिइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डौ–८, काठमाण्डौ–७, काठमाण्डौ–६ र कास्की–२ तथा कांग्रेसले भक्तपुर–२, काठमाण्डौ–४ र काठमाण्डौ–१मा अग्रता लिइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19