काठमाण्डौ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषद्बीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ।
उक्त सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिस्टर्ड सदस्य व्यवसायीहरुलाई बैंकले उक्त कर्जा सुविधा प्रदान गर्नेछ। यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजी कर्जालगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँसम्म हुने बैंकले जनाएको छ। उक्त कर्जाहरु व्यवसायको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि लगानी गर्ने बैंकको भनाइ छ। उक्त कर्जा आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने बैंकले जनाएको छ।
देशभर रहेका १९२ शाखा सञ्जाल, १५६ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सेवासुविधाहरु उपलब्ध गराइरहेको कुमारी बैंकले स्थानीय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको विकासका लागि आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago