काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले कुमारी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ।

इक्राले कुमारी बैंकलाई ऋणपत्र निकाल्न एलबीबीबी प्लस रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन।

ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन। साथै, यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि होइन।

रेटिङ वर्ग ‘एए’ देखि ‘सी’ सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइन (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ बीबीब प्लसको स्थिति बीबीबीभन्दा एक चिह्नमाथि रहन्छ। जब कि बीबीबी माइनसको स्थिति बीबीबीभन्दा एक चिह्न तल रहन्छ।