काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको बनेपास्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनमा विशेष छुट पाउने भएका छन्।
बैंक र द बर्गर हाउसबीच बैंकका ग्राहकलाई सेवाहरु लिँदा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङले हस्ताक्षर गरेका छन्।
यो सम्झौतापछि कुमारी बैंकका ग्राहकवर्गले बनेपास्थित द बर्गर हाउसका विभिन्न आउटलेट तथा खानपिनमा ८ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारीरिक स्फुर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट वा क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago