काठमाण्डौ । कुमारी बैंक लिमिटेड र केजीएच ग्रुपबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारीरिक स्फुर्ति एवं मानसिक ऊर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ। सोही कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत केजीएच ग्रुपअन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा आकर्षक छुटको प्रावधान मिलाएको छ। बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकले केजीएच ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधामा र संग्रहालय शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19