काठमाण्डौ । बजार बुलिस ट्रेन्डमा रहेको छ। यही मौकामा म्युचुअल फन्डका स्किमहरुसमेत आउने क्रम निकै बाक्लिँदै गइरहेको छ।
नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि ८ वटा नयाँ म्युचुअल फन्डका स्किमहरु पाइपलाइनमा छन् भने हाल नेप्सेमा विभिन्न २० वटा म्युचुअल फन्ड सूचीकृत छन्।
अहिले बढ्दो बजारमा सबैभन्दा लामो अवधिको कुमारी क्यापिटलअन्तर्गत कुमारी इक्विटी फन्ड निष्कासन भइरहेको छ। १० वर्षको अवधि रहेको यो बन्दमुखी योजनाको प्रवद्र्धक कुमारी क्यापिटल रहेको छ।
यो म्युचुअल फन्डका इकाइहरु गत फागुन १४ गतेदेखि निष्कासन भइरहेको छ।
यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
कुमारी बैंककै पहिलो म्युचुअल फन्डका रुपमा रहेको यस योजनाका विषयमा बिजशालाकर्मी भक्तराज रसाइलीले कोष प्रबद्र्धक तथा योजना व्यवस्थापक कुमारी क्यापिटलका चिफ अपरेटिङ अफिसर पुष्प शर्मासँग कुराकानी गरेका छन्।
कुमारी इक्विटी फन्डले माग गरेको कुल इकाइमा सबै आवेदन पर्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
हामी एकदमै आशावादी छौँ। अनि पूर्ण सब्सक्राइब्ड हुनेमा पूर्ण विश्वास पनि छ।
आम सर्वसाधारणले म्युचुअल फन्ड किन खरिद गर्ने ?
बैंकको मुद्दतिभन्दा म्युचुअल फन्डकै लगानीले धेरै रिटर्न दिन्छ। दीर्घकालीन लगानी र जोखिम कम भई लगानी विविधीकरण हुने भएकाले म सबै लगानीकर्तालाई कुमारी इक्विटी फण्ड खरिद गर्न सुझाउँछु।
कुमारी इक्विटी फन्डमा चाहिँ किन लगानी गर्ने?
हामीले २० प्रतिशत मुद्दति, ७५ प्रतिशत धितोपत्र बजार र बाँकी ५ प्रतिशत नगद राख्ने रणनीतिअनुसार सम्पत्ति बाँडफाँड गरी लगानी गर्ने भएकाले राम्रै रिटर्न दिने योजना बनाएका छौँ। यसै कारण कुमारी इक्विटी फन्डमा लगानी गर्नुपर्छ।
कुमारी इक्विटी फन्ड १० वर्षको अवधि राख्नुभएको छ, लामो अवधि चाहिँ किन?
मार्केट ट्रेन्ड र साइकल नेपालमा अलिक लामो छ। दीर्घकालीन लगानी र बजारको जुनसुकै ट्रेन्डमा समेत आमलगानीकर्तालाई राम्रो प्रतिफल दिनका लागि हामीले अलिक लामो अवधि राखेका छौँ। घट्दो बजारमा पनि राम्रो रिटर्न दिने हेतूले हालसम्मकै सर्वाधिक लामो अवधि कुमारी इक्विटी फन्ड नै हो।
कुमारी इक्विटी फन्डले कति रिटर्न देला ?
हाम्रो मुख्य उद्देश्य नै लगानी डबल बनाइदिने हो। १० रुपैयाँको इकाइ परिपक्व अवधिसम्ममा रु. २२.४९ हुने हाम्रो प्रक्षेपण छ। हामी इकाइधनीलाई दोस्रो वर्षबाट नै रिटर्न दिन थाल्छौँ। दोस्रो वर्ष ८ प्रतिशत, तेस्रो वर्ष १० प्रतिशत र तेस्रो वर्ष १२ प्रतिशत गर्दै नवौँ वर्षसम्म कुल १०२ प्रतिशत रिटर्न दिने हाम्रो लक्ष्य छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago