काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने रु. ८० करोडको ‘कुमारी इक्विटी फन्ड’ मा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक कुमारी क्यापिटलले सूचना जारी गर्दै आज बैंकिङ समयसम्म यो फन्डमा आवेदन दिन सकिने जानकारी गराएको हो। 

गत फागुन १४ गतेदेखि यो योजनाका इकाइहरुको खरिद आवेदन खुला गरिएको थियो। दसवर्षे बन्दमुखी यस योजनाका रु. १० अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकत ८० लाख इकाइसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ।