काठमाण्डौ। सरकारको निर्णयमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमान घिसिङले बुधबार नियुक्तिपत्र बुझेका छन्।
घिसिङले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति बुझेका हुन्। उनलाई ऊर्जामन्त्री पम्फा भुसालले नियुक्तिपत्र प्रदान गरेकी थिइन्। घिमिरेको कार्यकाल ४ वर्षको हुनेछ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो।
गत भदौमा चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशककै रुपमा प्राधिकरण फर्किएका हुन्।
घिसिङलाई पहिलोपटक तत्कालीन तत्काल पुष्पकमल दाहाल नेतृत्वको सरकारका ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19