काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएन । उक्त मुद्दालाई आज ‘हेर्न नभ्याइने’ परेको हो।
निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्चले जनाएको छ।
सरकारले तत्कालीन कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यका रुपमा लगी गत साउन २५ गते विद्युत प्राधिकरणमा घिसिङलाई नियुक्त गरेको थियो ।सरकारले घिसिङलाई गरेको नियुक्ति बदरको माग गर्दै शाक्यले गत साउन ३२ गते सर्वोच्चमा रिट दिएका थिए। सोही रिटमा सुनुवाइ गर्दै गत भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले घिसिङको नियुक्तिको सक्कल निर्णय झिकाउन आदेश दिएको थियो।
सर्वोच्चका अनुसार जबराको इजलासमा आज १४ वटा मुद्दा रहेका थिए। तीमध्ये पहिलो र दोस्रो नम्बरमा परेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मात्र सुनुवाइ भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19