काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट वैदेशिक रोजगारका लागि कुवेतमा रहेका थप ९ नेपाली संक्रमित भएका छन्।
कुवेतस्थित नेपाली दूतावासका अनुसार योसँगै आइतबारसम्म त्यहाँ कार्यरत ८४ नेपालीमा कोरोना संक्रमण देखिएको छ। कोरोनाबाट बच्न सतर्कता अपनाउन तथा संक्रमणको शंका लागेमा तत्काल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले आग्रह गरेको छ।
कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट तलब नपाएमा तथा खानेकुराको अभाव भएमा दूतावास, कम्पनी वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले सुझाव दिएको छ।
पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भइरहेको छ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म कुवेतमा कोरोनाबाट ४ हजार ९८३ जना संक्रमित भएकोमा ३८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७७६ जना निको भइसकेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago