काठमाण्डौ । कृषि विकास बैंकले आज बुधबारबाट ‘किसान क्रेडिट कार्ड’ र सूचनामूलक एप शुभारम्भ गरेको छ।
बैंकको ५४ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्ड र एपको शुभारम्भ गरेका हुन्। वित्तीय सेवा प्रदान गरिरहँदा विकास बैंक हुँदै गरिबी निवारणको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरी आज आधुनिक प्रविधिमैत्री बैंक बन्न सफल भएको गौरव महसुस भएको बैंकले जनाएको छ। ग्रामीण अर्थतन्त्र एवं कृषिलाई पुनः नेतृत्व गरी किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप ल्याइएको बैंकले स्पष्ट पारेको छ।
यो कार्ड र एपले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिका साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणालीसमेत बलियो र भरपर्दो हुने बैंकको विश्वास छ।
यसैबीच यही अवसरमा बैंकले पहिलो चरणमा ६ अर्बको कृषि बन्ड पनि शुभारम्भ गरेको छ। योसँगै यस वर्ष कुल २४ अर्ब रुपैयाँबराबरको बन्ड निष्कासन गर्न आजकै दिन २६ वटा क वर्गका बैंक र एउटा पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान गर्न सफल भएको बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19