काठमाण्डौ । कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकको मुख्य कार्यालयको आयोजनामा नेपालका ख्याति प्राप्त कलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समउपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गुठीका सञ्चालक उत्तम सञ्जेललाई ५ लाख रुपैयाँबराबरको चेक हस्तान्त्रण गरेका हुनु। कार्यक्रममा कलाकरद्वय श्रेष्ठ र आचार्यलाई बैकका तर्फबाट सुस्वास्थ्य तथा दिर्घायूका कामनासहितको सम्मानसमेत गरिएको थियो।
कलाकारद्वयले कृषि विकास बैंक गरिब किसानलगायत सबैको बैंकका रुपमा स्थापित भएकोले आगामी दिनमा पनि थप प्रगतिका लागि शुभकामना दिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोगहरु निरन्तरता दिँदै जाने बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19