काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडले ८ वर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकमबराबरको ‘कृषिऋणपत्र’ का लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ।
उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र वरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19