काठमाण्डौ। नेपाल सरकार (प्रधानमन्त्री एवं मन्त्रीस्तरीय) को निर्णयानुसार कृषि बिकास बैंक लिमिटेडको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा प्रकाशकुमार संञ्जेल मनोनयन भएका छन्।

नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य प्रकाशकुमार सञ्जेललाई सञ्चालक समिति बैठकका अध्यक्ष रमेशकुमार केसीले सपथ ग्रहण गराएका छन्। 

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुराँगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलको समेत उपस्थिति थियो।