काठमाण्डौ। कृषि विकास बैंकले १५० बढी पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत १५२ पदका लागि दरखास्त आह्वान गरेको हो। बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतमा नयाँ कर्मचारी भर्ना गर्न लागे दरखास्त मागेको छ।
यसैगरी बैंकले २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि पनि दरखास्त खुलाएको छ।
इच्छुक उम्मेदवारले साउन १२ गतेसम्म अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुर तिरी साउन १९ गतेसम्म दरखास्त बुझाउन सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19