काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले कृषि विकास बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा राखेको छ।

(इक्राएनपी–आईआर)ए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी)एलए रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ। 

ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको नजनाउने इक्राले स्पष्ट पारेको छ। ‘यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि होइन’, इक्राले भनेको छ।