 
                     
                                kl tower
 
                                    काठमाण्डौ । राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि बिग सेल कार्निभल इभेन्ट सुरु भएको छ ।
तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरीदमा ५० प्रतिशतसम्म छुट पाउने छन् । टावरले सेवाग्राहीलाई सुपथ मूल्यमा उपभोग्य सामग्री सहज रुपमा उपलब्ध गराउन इभेण्टको आयोजना गरिएको जनाएको छ ।
माघ १२ गतेबाट सुरु भएको विग सेल कार्निभल फागुन ७ गतेसम्म चल्नेछ । उक्त अवधिमा के एल टावरमा सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चम्पल, चस्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने इभेन्ट संयोजक हिरामणि तिमिल्सनाले जानकारी दिए ।
कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । जसमा बालबालिका र परिवारलाई दैनिक रुपमा उपहार, नि शुल्क फेस पेन्टिङ, फेशन सो, गेम सो, फ्रि नेल आर्ट, फ्रि फोटो सुट तथा विभिन्न सांगितिक कार्यक्रमहरु समेत आयोजना गरिने कम्पनीले जानकारी दिएको छ ।
टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19