काठमाण्डौ । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले बाइ वान गेट वान अफरसँगै मार्च १० मा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास निःशुल्क पाउने भएका छन् । 

मोबाइल हबले मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने र मोबाइल एक्सचेञ्ज गर्नेहरुलाई पनि सलमान खानसहितका कलाकारको कार्यक्रमको पास सित्तैंमा उपलब्ध गराउने भएको हो । 

मोबाइल मेलामा ग्राहकको चहलपहल अधिक भएपछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाण्डौंको टँुडिखेलमा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैंमा बितरण गर्न थालेको हो । 

मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइनेछ । 

पुरानो मोबाइल साट्न समेत सकिने बताउँदै उनले दोहोरा अफरमा सलमान खानको कार्यक्रमको पास पनि पाउने बताए । उनका अनुसार के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन् ।