 
                     
                                
                             
                                    काठमाण्डौ । चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते बिहीबारदेखि बिगअफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुँदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ ।
नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला आयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए।
साथै, सेल मेलाअवधिभर सपिङ गर्ने ग्राहकले दैनिक रुपमा विभिन्न आर्कषक उपहार समेत पाउनेछन । दैनिक सेल एण्ड विन अफरमा ग्राहकले एकहजार रुपैयाँको सपिङ भौचर, के एल फुडकोर्टको लञ्च कुपन, एफक्युब सिनेमाको टिकट, मेहेन्दी र हेयर कट कुपन लगायतका विभिन्न उपहार पाउन सक्नेछन् ।
त्यस्तै, बम्पर उपहारअन्तर्गत ४० हजार रुपैयाँ बराबरको स्मार्टफोन, दशहजार, पाँचहजार र तीनहजारको सपिङ कुपन, फुलक्यास ब्याक तथा एफक्युब सिनेमाको टिकट जित्नसक्ने आयोजकले जनाएको छ ।
बिगअफर सेल मेलामा लुगा, जुत्ता, घडी, ब्यागलगायतका दुईहजार भन्दा बढी किसिमका सामानहरुको खरिदमा असीमित छुट दिइने टावरले जनाएको छ ।
यस सेल मेलाअवधिभर केएल टावरमा निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशन शो, गेम शोलगायत कार्यक्रम पनि आयोजना हुने बताइएको छ । बिगअफर सेल मेला आगामी भदौ १० गतेसम्म चल्नेछ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19