काठमाण्डौ । चाबहिलको चुच्चेपाटीमा अवस्थित केएल टावरले बडादशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । 

रमाइलो दशैं–तिहार उपहार योजना नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसैगरी, उपहार योजनामा सहभागी ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिङ मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् । 

दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरीद गर्नेले कुपनमार्फत उपहार प्राप्त गर्नेछन् ।

जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमा टावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभनलगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँ बराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने छन् । 

उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सुुजुुकीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहकले पाउने छन् । 

५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने बताइएको छ । उपहार योजना अवधिमा एकहजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १ गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २५ गतेसम्मचल्नेछ ।