काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा अग्रता लिएका छन्।

मतगणना सुरु भएदेखि पहिलोपटक थापाले एमाले उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै अग्रता लिएका हुन्। अहिलेसम्म दमकको ४५४१ मत गणना हुँदा थापाले १९६८ मत ल्याएका छन्। प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अधिकारीले १ हजार ९४० मत ल्याएकी छन्।

उपमेयरमा भने कांग्रेसकी रेगिना भट्टराई १ हजार ९३१ मतका साथ अग्रस्थानमा छिन्। एमालेका अम्बिकाप्रसाद खनालले १ हजार ७५६ मत ल्याएका छन्।

दमकमा सत्ता गठबन्धनका दलहरुले राप्रपाका थापालाई समर्थन गरेका छन्।