काभ्रे । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले राष्ट्रिय गैरनाफामुखी संस्था जीटीए फाउन्डेसनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापनको पहिलो कोर्स सञ्चालन गरेको छ । यस कोर्सले नेपालमा स्वास्थ्य आपूर्ति शृंखलाका लागि जनशक्ति विकास गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्यमा सहयोग पुग्ने भएकाले यसलाई मन्त्रालयको अनुमोदन र उचित समर्थन छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको प्रेरणादायी र मार्गदर्शी मन्तव्य र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलको शुभकामनाका साथ यो कोर्स गत नोभेम्बर १९ गते सुरु भएको हो । धुलिखेल अस्पताल, जनस्वास्थ्य विभागका निर्देशक डा. विराजमान कर्मचार्य र जीटीए फाउन्डेसनका कार्यकारी निर्देशक दीपक बज्राचार्यले विभिन्न सेवाहरु (प्रान्तीय स्वास्थ्य सामग्री व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरु) मा आबद्ध र स्नातकोत्तर तहका विद्यार्थीहरु (एमएससीपीएच, एमएससी नर्सिङ) बाट आएका सबै सहभागीहरुलाई स्वागत र बधाइ दिएका थिए।
स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापनमा विशेषज्ञता र दशकौंको विश्वव्यापी अनुभव भएका कोर्स निर्देशक श्याम लामाले सहजकर्तालाई प्रशिक्षकलाई दिइने प्रशिक्षण (टीओटी) मार्फत अभिमुखीकरण गर्नुका साथै कोर्स डिजाइन पनि गरे। उनले सहभागीहरुलाई स्वागत् गर्दै उनीहरुलाई कोर्स र कोर्सको सार बुझाए। उनले उक्त कोर्सकै क्रममा संसाधन अभावका अवस्थाहरुमा स्वास्थ्य आपूर्ति शृंखला प्रबन्धका आफ्ना अन्तर्राष्ट्रिय अनुभवहरु पनि सहभागीहरुसमक्ष बताए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यको सन्दर्भ दिँदै विभिन्न महत्वपूर्ण मोड्युलहरुमार्फत स्वास्थ्य आपूर्ति शृंखलाका आधारभूत तत्वहरु अवगत गराइयो ।
फिल्डवर्क, कोर्समा समावेश गरिएको एउटा यस्तो अंश हो। जसले विद्यार्थी÷सहभागीहरुलाई विद्यमान चुनौती, वास्तविकता र स्वास्थ्य आपूर्ति शृंखलाले स्वास्थ्य कार्यक्रममा खेल्ने भूमिका बुझ्न मद्दत गर्दछ ।
प्रिसर्भिस र इन सर्भिसको सहभागिता, सामूहिक कार्य, छलफलका साथै विशेषज्ञहरु र प्रणालीहरुको व्यवस्थापन गर्नेहरुबाटै शिक्षा लिने अवसरका साथमा पाँच दिने अन्तरक्रियात्मक कोर्स सफलतापूर्वक सम्पन्न भएको छ र यसले सहभागीहरुबीचमा व्यापक समझदारीको विकास गर्नुका साथै उनीहरुलाई स्वास्थ्य कार्यक्रमको स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापनमा अर्थपूर्ण भूमिका खेल्ने अवसर प्रदान पनि गरेको छ । उक्त कोर्स काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज सञ्चालन भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago