रसुवा। शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रिन थालेको छ ।
सामान आयात निर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप एक हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासी भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि दुई हप्ता अगाडिदेखि नेपाली व्यापारीले सामान उठाउन बन्द गरेको र वार्ताको माध्यमबाट प्रतिटिप दुई हजार ५०० चिनियाँ यूवानमा काम गर्न सहमत भएपछि केरुङको पाङसिङबाट सामान लोड गरी नेपालतर्फ ल्याउने क्रम शुरु भएको हो ।
चिनियाँ नीतिअनुसार भन्सार प्रतिनिधिमार्फत नै सामान लोड गराउनु पर्ने र सो अनुसार प्रति ट्रिप नेपाली रुपैयाँ चौबिस हजारबाट बढेर ४० हजार शुल्क पुगेको बताइएको छ ।
सहमति भएपश्चात् अहिले केरुङको पाङसिङमा ३५० ट्रक कन्टेनरमा सामान लोड भइसकेको र ती सबै कन्टेनर क्रमशः रसुवागढी नाकाबाट नेपाल भित्रन थालेका छन् ।
रेडिमेड, लत्ताकपडा, चुत्ताचप्पल समेतका विविध सामग्री लोड भएको ६१ वटा ट्रक कन्टेनगर मंगलबार अपराह्नसम्म रसुवागढी भन्सारको टिमुरे हाताभित्र प्रवेश गरेका र आयात भएको सामाग्री छिटोभन्दा छिटो काठमाडौंको बजारमा पठाउन सामानको परीक्षण र भन्सार असुली कार्य धमाधम अगाडि बढेको प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए।
चिनियाँ भन्सार प्रतिनिधिको शुल्क निर्धारणसम्बन्धी छलफलमा नेपाल र चीनका भन्सार प्रमुख, व्यापारी, व्यवसायी समेतको सहभागिता रहेको बताइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19