security board of nepal
काठमाण्डौ । धितोपत्र बोर्डले आफ्नो केवाइसी अपडेट नगर्ने लगानीकर्ताहरुलाई सेयर कारोबारमा प्रतिबन्ध लगाउन भन्दै धितोपत्रका दलाल व्यवसायीहरुलाई कडा परिपत्र गरेको छ ।
बोर्डले केवाइसी अपडेटका लागि बैशाख मसान्तसम्मको समय सीमा तोक्दै त्यसपछि भने सेयर कारोबार गर्न नपाउने कडा निर्देशन जारी गरेको हो ।
बोर्डले सेयर कारोबारमा संलग्न सबै लगानीकर्तालाई बैशाख मसान्तभित्र आफ्ना सेयर ब्रोकरको अफिसमा गएर केवाइसी अपडेट गराउन समेत आग्रह गरेको छ । बोर्डले लगानीकर्ताहरुलाई नागरिकताको सक्कल, त्यसको फोटोकपी, एकप्रति फोटो, आफ्नो नाम, बैंकको अकाउण्ट नम्बर, पान कार्डको कपी, यदि कुनै कम्पनीमा कार्यरत भए कर्मचारी परिचयपत्रको फोटोकपी लगायतका कागजात लिएर ब्रोकर अफिस भई केवाइसी अपडेट गराउन आग्रह गरेको छ ।
धितोपत्र बोर्डले सेयर बजारमा कालोधन तथा अन्य गैरकानूनी सम्पत्ति नभित्रियोस् भन्ने उद्देश्यले केवाइसीमा कडाई गरिएको प्रष्ट्याएको छ ।
बोर्डको यो निर्देशन तथा नीतिका कारण बैशाख मसान्तभित्र पनि केवाइसी अपडेट नगराउने लगानीकर्ताले सेयर किनबेच गर्न पाउने छैनन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago