-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले तयार पारेको डिजिटल केवाइसी पूूर्ण तथा अनिवार्य कार्यान्वयनमा ल्याउन आवश्यक ऐन कानूूनको अभाव देखिएको छ ।
डिजिटल केवाइसी पूँजीबजारलाई व्यवस्थित गर्न डिजाइन गरिएको हो।
सिडिएससीले तयार पारेको यो सिस्टमबाट व्यक्ति वा संस्थाले निशुुल्क केवाइसी अक्लनेज लेटर पाउने छन् । बायोमेट्रिक विवरण समावेश हुुने डिजिटल केवाइसीका लागि अनिवार्य औंठा छाप र अप्रूूभ गर्न भने व्यक्ति स्वयम् उपस्थित हुुनुपर्ने प्रावधान राखिएको छ ।
यता, सिडिएससीले आन्तरिक रुपमा डिजिटल केवाइसीको पूूर्ण कार्यान्वयन गरेतापनि अनिवार्य नगरिसकेको अवस्था छ ।
सिडिएससी भने यसको पूर्ण तथा अनिवार्य कार्यान्वयनका लागि नियामक नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृतिको पर्खाइमा छ । सिडिएससीले तयार पारेको यो पूूर्वाधारलाई बोर्डले यसअघि नै सकारात्मक रुपमा लिइएको सिडिएससीले दाबी गरेको छ ।
डिजिटल केवाइसीको सफ्टवेयर हाल ८ डीपी कम्पनी र एक ब्रोकर कम्पनीले पूूर्ण कार्यान्वयनमा ल्याइसकेको सिडिएससीले जनाएको छ । नेपाल डीपी लिमिटेड, अग्रवाल सेक्युृरिटीज प्रालि, कुमारी बैंक, त्रिशक्ति सेक्युुरिटीज पब्लिक लिमिटेड, कृषि विकास बैंक, मेगा क्यापिटल मार्केट लिमिटेड, आइसीएफसी फाइनान्स, केसीएल अस्टुुच्युुट क्यापिटल लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले प्रयोगमा ल्याइसकेका छन् ।
डिजिटल केवाइसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाइसीको युनिक आइडी दिइनेछ । सिडिएससीमा आबद्ध ७५ वटा डीपी र ५० वटा ब्रोकर कम्पनी गरी १ सय २५ ठाउँमा कारोबार गर्न सोही १५ डिजिटको युनिक आइडीबाट केवाइसी भर्ने झञ्झटबाट मुक्ति दिलाउन लागिएको हो ।
हाल सेयर लगानीकर्ताहरुले डीपी वा ब्रोकरैपिच्छे केवाइसी फर्म भर्न परिरहेकोमा डिजिटल केवाइसी सञ्चालनमा आएमा लगानीकर्ताहरुलाई धेरै राहात हुने जानकारहरुको भनाई छ ।
यसबाट कागजी खर्चमा पनि मितव्ययिता आउनका साथै अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने केही ब्रोकर कम्पनीका डीपी सञ्चालकहरुले बताए।
यो व्यवस्थाबाट ग्राहकका सूचनामा एकरुपता आउने, कम झञ्झट हुने र मल्टिपल एकाउण्ट लिएर बसेका कारोबारीलाई सहज हुने दाबी छ। निःशुल्क रुपमा उपलब्ध हुने डिजिटल केवाइसीको १५ डिजिट युनिक आइडी सेवाग्राहीले आफ्ना डीपीमार्फत सजिलै लिनसक्ने व्यवस्था गरिन लागेको छ ।
हाल सेयर लगानीकर्ताहरुले डीपी वा ब्रोकरैपिच्छे केवाइसी फर्म भर्न परिरहेकोमा डिजिटल केवाइसी सञ्चालनमा आएमा लगानीकर्ताहरुलाई धेरै राहात हुने जानकारहरुको भनाई छ । यसबाट कागजी खर्चमा पनि मितव्ययिता आउनका साथै अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने केही ब्रोकर कम्पनीका डीपी सञ्चालकहरुले बताए।
यो व्यवस्थाबाट ग्राहकका सूचनामा एकरुपता आउने, कम झञ्झट हुने र मल्टिपल एकाउण्ट लिएर बसेका कारोबारीलाई सहज हुनेछ।
निःशुल्क रुपमा उपलब्ध हुने डिजिटल केवाइसीको १५ डिजिट युनिक आइडी सेवाग्राहीले आफ्ना डीपीमार्फत सजिलै लिनसक्ने व्यवस्था गरिन लागेको छ ।
यो डिजिटल केवाइसी बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनीहरु लगायत अन्य निकाय र कम्पनीहरुमा समेत भविष्यमा प्रयोग गर्न सकिन बताइएको छ । यसमा सम्पत्ति शुुद्धीकरणका परिधिलाई समेत समावेश गरिएको यो सिस्टम हाल भने पूूँजीबजारसँग सम्बन्धित मात्र छ । यद्यपि नेपालमा डिजिटल केवाइसीको नियमन गर्ने नियामककै अभाव खट्केको छ । डिजिटल केवाइसीको प्ल्याटफर्म सम्बन्धित ऐन, कानूूनकै अभावमा थन्केर बस्नुपरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago