investment
काठमाण्डौ । नयाँ सोंच र योजना भए पनि पैसाको अभावमा त्यसलाई साकार पार्न नसकिरहेकाहरुका लागि खुशीको खबर । विदेशमा निकै चर्चित भेञ्चर क्यापिटलको अवधारणा अनुसार देशका केही औद्योगिक घरानाले इमर्जिङ नेपाल नामको स्टार्टअप फण्ड सुरु गरेका छन् । यस्तो फण्ड नेपालमै पहिलोपटक सुरु भएको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नवीनतम आइडिया र सोंच भएका स्टार्टअपहरुलाई सहयोग गर्ने र उनीहरुको विजिनेश आइडियालाई साकार पार्ने उद्देश्यले इमर्जिङ नेपाल स्थापना भएको जानकारी दिइएको हो । यो कम्पनीलाई नेपालका व्यवसायिक घरानाहरुले संयुक्त रुपमा प्रवद्र्धन गरेका हुन् ।
औद्योगिक घरानाहरु विशाल समूह, आइएमई ग्रुुप लगायतको साझेदारी रहेको इमर्जिङ नेपालले स्टार्टअप फण्डका लागि आफ्नो विजिनेश आइडियासहितको आवेदन पुस १४ गतेसम्म बुुझाउन क्षमतावानहरुलाई आग्रह गरिएको छ । यो कम्पनीले भेञ्चर क्यापिटलको रुपमा छनौटमा परेका स्टार्टअपलाई एक करोड रुपैयाँ भन्दा बढी लगानी गरिदिने बताइएको छ ।
इमर्जिङ नेपालका अध्यक्ष लालमणि जोशीले यो लगानी ऋणका रुपमा नरहेर स्वपुँजीका रुपमा रहने जानकारी दिए । उनका अनुसार इमर्जिङ नेपालले शिक्षा, पर्यटन, कृषि तथा जडिबुटी, मझौला तथा साना व्यवसाय, स्वास्थ्य, सूचना तथा प्रविधिका क्षेत्रमा आउने सिर्जनशील सोचमा लगानी गर्नेछ । राम्रो अवधारणासहितको प्रस्ताव परे त्यसमा १ करोडमाथि पनि लगानी गरिदिने उनले प्रष्ट्याएका छन् ।
उनका अनुसार यदि कसैसँग बिजनेशका लागि नयाँ सोच छ र त्यो व्यापारमा परिणत गर्न सकिन्छ भने विश्वास छ भने इमर्जिङ नेपालमा आवेदन दिन सकिन्छ । आफ्नो सोंच र गर्न चाहेको विजिनेशको विषयमा स्पष्ट प्रस्ताव तयार गरी पुस १५ भित्र कम्पनीमा बुुझाउनुपर्नेछ । जोशीका अनुसार आवेदनसँगै दिनुपर्ने प्रस्तावमा वित्तिय प्रस्ताव र इमर्जिङ नेपालले गर्नुपर्ने लगानीसहित पुँजी संरचनाको खाका पनि पेश गर्नुपर्ने छ ।
पुस १५ भित्रमा पर्ने आवेदनहरुमध्ये विस्तृत अध्ययन गरी कम्पनीले प्रस्ताव स्वीकृत गर्नेछ । त्यसपछि दोश्रो चरणको प्रक्रिया सुरु गरिनेछ । दोश्रो चरणमा परियोजनाको विस्तृत योजना तयार गर्नुपर्छ । विस्तृत योजना बनाउन भने कम्पनीले समेत सहयोग गर्नेछ । जब दोश्रो प्रस्ताव समेत तयार हुन्छ र त्यसपछि तपाईंको सोंच अनुसारको परियोजनामा लगानी थालिइने जोशीले जानकारी दिएका छन् ।
उनले सोंच भएर पनि लगानी अभावमा खुम्चिन बाध्य युवा पुस्तालाई लक्षित गरी नेपालका लागि नयाँ काम सुुरु गरिएको जानकारी दिए । पैसा अभावकै कारण गजबका अवधारणालाई समेत तिलाञ्जली दिएर बाँच्नैका लागि खाडी मुलुक गइरहेका क्षमतावान युवा पुस्ताले यो नौलो कम्पनीबाट भरपूर फाइदा लिन सक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago