काठमाण्डौ । कोरोनाभाइरस यतिबेला डरको अर्काे नाम बन्न पुुगेको छ । यो भाइरसको सम्पर्कमा आउन नपरोस् भनेर विश्वभरका मानिसहरु सतर्क र सचेत भएका छन् । 

विश्वका सरकारहरुले यसको नियन्त्रण र रोकथामका लागि लकडाउन र प्रतिबन्धहरु लागू गरेका छन् । तर यो भाइरसको ठीक विपरीत त्यस्ता केही भाइरसहरु पनि छन्, जुुन हाम्रो शरीरका लागि अति आवश्यक र फाइदाजनक छन् । 

सम्झनुुस् कि यदि यी भाइरस नभए हामी जिवीत पनि रहन सक्दैनौ । कयौं वैज्ञानिक अनुुसन्धानका अनुुसार यी भाइरसहरु हाम्रो शरीरमा पहिलेदेखि नै मौजुुद रहेका छन् र यिनीहरुले महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहेका छन् । 

केही भाइरसको भूमिका त हामी जन्मनुुभन्दा पहिले नै सुुरु हुुने गर्दछ । पछिल्ला केही वर्षदेखि वैज्ञानिकहरु मानव शरीरमा रहेको डिएनएमाथि अनुुसन्धान गरिरहेका छन् । यो अनुुसन्धानका क्रममा वैज्ञानिकहरुले डिएनएमा पनि भाइरसको वंशावली रहेको पाएका छन् । 

मानव जिनमा भाइरसको करीब १ लाख साना साना कण मौजुुद रहेको पाइएको छ । केही अनुुसन्धानकर्ताले त मानिसहरु भाइरसबाटै नियन्त्रित हुुने प्राणी भएको बताएका छन् । यसको एउटा उदाहरण हेर्नुस् । 

केही वर्ष पहिले ३ दिनको भ्रुण, जसमा कुुल ८ कोषिकाहरु थिए, त्यसमा आमाबुुवाका आनुुवंशिक सामाग्रीका साथमा एइआरभिके पसन थियो । यो कति वर्ष पहिलेदेखि मानव शरीरमा रहँदै आइरहेको छ भनेर थाहा पाउन सकिएको छैन । 

जोआना वायसक्का नामका एक अनुुसन्धानकर्ताका अनुुसार यि कोषिकाहरु भित्र भाइरसको अंश पाइएको छ, जसलाई भाइरस प्रोटिन प्रोडक्ट्स भनिन्छ । उनकाअनुुसार यो प्रोटिन भाइरसले अरु भाइरसलाई भ्रूणमा घुुसेर नोक्सान पुुर्याउनबाट बचाउने काम गर्दछ । यसमा फ्लुु इत्यादि समावेश रहेका छन् । 

यो प्रोटिन भाइरसले नयाँ भाइरस जस्तै कोरोनाभाइरसबाट नवजात शिशुुहरुलाई बचाउने काम पनि गर्ने गरेको हुुन सक्छ । यो भन्दा अगाडि केही अनुुसन्धानकर्ताले प्लासेटा अर्थात बच्चालाई जोड्ने नाल बनाउनमा भाइरसको अहम् भूमिका हुुने तथ्य पत्ता लगाएको थियो । अनुुसन्धानकर्ता छाला बनाउन, हड्डी बनाउन र बाँकी कामका लागि पनि भाइरसले भुुमिका खेल्ने गर्दछ कि भनेर अनुुसन्धान गरिरहेका छन् ।