काठमाण्डौ । केही वाणिज्य बैंकहरुले असोजमा मुद्दति निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ।
आज बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनामा लागू हुने ब्याजदर प्रकाशित गरेका थिए। जसमा केही वाणिज्य बैंकहरुले भदौको तुलनामा असोजमा मुद्दति निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका छन्।
आज बजार ४२.१४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९६४.९१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१२ प्रतिशतले घटेर ३७८.६८को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल आज केही वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा सेयर बजार घटेको बताउँछन्। ‘आज भोलुमसहित घटेकोले मार्जिन कलको सम्भावना पनि देखिन्छ’, उनले भने, ‘मिडियामा पनि सबै वाणिज्य बैंकहरुले ब्याजदर बढाएकोजस्तो खबर आयो, जसले गर्दा लगानीर्तामा राम्रो म्यासेज गएन।’
अब नीति सुधार नल्याएसम्म र एनआरएनलाई नभित्र्याएसम्म बजार यस्तै रहने रिजालको भनाइ छ। ‘मार्केटबाट लगानीकर्ता पलायन हुने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘यद्यपि, बजार १९६० भन्दा माथि रहेकोले आशा गर्ने ठाउँ भने छ।’
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट लगानीकर्ताको ब्याजदर घट्ने अपेक्षाविपरीत केही बैंकहरुले ब्याजदर बढाउँदा बजार प्रभावित भएको बताउँछन्। ‘यद्यपि, यो अल्पकालीन रिएक्सन हो’, उनले भने।
सेयर लोनमा १२ करोडको क्यापमा केही न केही परिमार्जन हुने बिष्टको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक ३.३३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.३० प्रतिशतले घट्दा बैंकिङ समूहमा १.४२ प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.२९ प्रतिशत, जलविद्युत समूहमा २.७९ प्रतिशत, लगानी समूहमा १.९१ प्रतिशत, जीवन बीमा समूहमा २.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा १.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशत, निर्जीवन बीमास मूहमा २.५९ प्रतिशत र अन्य समूहमा १.९९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६११ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको २७ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिलायबल लाइफ नेपालको २४ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको आज एभरेस्ट बैंकको १२ करोड ५४ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४९ लाख रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६५ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ६५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड ४९ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकको ३ करोड ५३ लाख रुपैयाँ र एसटीसीको २ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज शुभम पावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन मोलुङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19